टाटा म्याजिक बीएस सिक्स नेपालमा सार्वजनिक: सहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित आरामदायी यात्राको उपयुक्त मेल टाटा म्याजिक BS6 आज नेपालमा पहिलोपटक सार्वजनिक गरिएको छ।
कार्यक्रममा बागेश्वरी यातायात प्रा.लि. का अध्यक्ष मनप्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रा.लि. का अध्यक्ष निमबहादुर चलाउने, सनराइज यातायात प्रा.लि. का अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायी प्रा.लि. का महासचिव कृष्णप्रसाद सुवेदी, शुभकामना यातायात प्रा.लि. का अध्यक्ष रेशम खत्री र गो कर्णाली यातायात प्रा.लि. का अध्यक्ष पदम थापासहित अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
अतिथिहरूले यस गाडीलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा व्याख्या गरे।
टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा BS2 संस्करणका साथ प्रवेश गरेको थियो। त्यसपछि BS3, BS4 हुँदै आज BS6 संस्करणसम्म आइपुगेको यस गाडीले नेपाली सवारी साधन बजारमा ९५% बजार हिस्सा कब्जा गरेको छ।
हालसम्म ४,००० भन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन्।