लामिछानेमाथि अभद्र व्यवहार भएको छैन : गृहमन्त्री लेखक: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अभद्र व्यवहार नभएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
मंगलबार प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा छामिछानेमाथि बरु न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको गृहमन्त्री लेखकले बताएका हुन् ।
लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत भएको गृहमन्त्री लेखकले बताए ।
सहकारीको रकम अपचलन भएको विषयमा लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित बनाउने काम भइरहेको गृहमन्त्री लेखकले बताए ।
‘सहकारीकाे रकमका विषयमा रवि लामिछानेमाथि मात्र अनुसन्धान भएको होइन, अरू पनि यसमा तानिएका छन्,’ उनले भने ।