ध्वनि प्रदूषण गराउने ५२ मोटरसाइकल ट्राफिक नियन्त्रणमा

ध्वनि प्रदूषण गराउने ५२ मोटरसाइकल ट्राफिक नियन्त्रणमा: ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनि प्रदूषण हुने गरी चलाइएका ५२ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रूप परिवर्तन गरी सहरी क्षेत्रमा ध्वनि प्रदूषण गर्ने, साइलेन्सर पाइपबाट आगोको झिल्कासमेत निकाल्ने खालका मोटरसाइकललाई आज नियन्त्रणमा लिएको हो।

ट्राफिक प्रहरीले वन तथा वातावरण मन्त्रालय र वातावरण विभागको समन्वयमा चेकजाँच गर्दा उक्त सवारीसाधन फेला पारेको हो। ट्राफिक प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतका अनुसार नियन्त्रणमा लिएकामध्ये १६ बुलेट, १३ क्रस फायर, सात आर–१५, ६ वटा केटिएम डुक, दुईवटा बेनिली मोटरसाइकल रहेका छन्।

साइलेन्सरमा प्वाल पार्ने, साइलेन्सरबाट आगोको झिल्का निकाल्ने, डिभी किलर झिकेर ठुलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिएका मोटरसाइकललाई वातावरण विभागद्वारा परीक्षण गरी ती मोटरसाइकलधनीलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय सतुंगल पठाइएको प्रहरी उपरीक्षक राउतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *