बाजुरामा स्कोरपियो दुर्घटना

बाजुरामा स्कोरपियो दुर्घटना: बाजुराको सदरमुकाम मार्तडीमा स्कोरपियो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृतक कञ्चनपुर जिल्ला घर भएकी अन्दाजी ३१ वर्षीया गायत्री पन्त रहेकी छिन्।

दुर्घटनामा परेर गौमूल गाउँपालिकाका करिब २५ वर्षका रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका– १७ का ३९ वर्षीय लोकेन्द्र पन्त, भीमदत्त नगरपालिका– १८ की ५२ वर्षीया राधिका भट्ट र गुलरियाका मोहनदेव भट्ट घाइते भएका छन्।

घाइते चारैजनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो सु.प.प्र. ०१००१ च ४३१६ नम्बरको गाडी बडिमालिका नगरपालिका– ८ को अपी होटलनजिकैबाट करिब सय मिटर तल खसेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *