बुद्धले थप्यो १९ औं एटीआर जहाज

बुद्धले थप्यो १९ औं एटीआर जहाज: बुद्ध एयरले आज  १९ औं एटिआर जहाज भित्र्याएको छ। नयाँ आएको जहाज एटिआर–७२ हुन्। यससँगै एटिआर–७२ जहाजको संख्या १६ पुगेको छ। नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याइने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

बुद्ध एयरले कल साईन नाइन एन- एओजी जहाज फ्रान्सको एटिआर कम्पनी तुलुसबाट भित्र्याएको छ। बुद्ध एयरसँग ३ वटा एटीआर–४२–३२० र १६ वटा एटिआर–७२–५०० जहाजहरु रहेका छन्। बुद्ध एयरले केही समय अगाडि मात्रै एउटा एटिआर–४२–३२० जहाजलाई उडानबाट बिदाइ गरेको थियो। त्यस जहाजको डिरजिष्ट्रेशन प्रक्रियामा रहेको छ।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धता अनुरूप बुद्ध एयर आफ्नो बेडामा नयाँ जहाज थप गरेको हो। बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले भने, ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरूप यात्रुहरु आफ्नो समय अनुकूल उडान भर्न सक्ने जनाएका छन्। हामी उडान तालिकालाई बढीभन्दा बढी प्रभावकारिकाताका साथ सञ्चालन गर्न प्रतिवद्ध रहेका छौं।’

थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने कम्पनीले जनाएको छ। बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढी उडान भरिरहेको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी साताको ३ दिन उडान भरिरहेको छ। यसैगरी पोखराबाट चितवन, भैरहवा तथा नेपालगन्जको उडान पनि भरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *