दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु: कागेश्वरी मनोहरा नगरपालिका– ९ एयरपोर्ट राडरस्थित सडकमा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु भएको छ ।

बा.३१ प २५३७ नम्बरको मोटरसाइकल बिएबी ५१२४ नम्बरको कारसँग ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलचालक सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका– ३ घर भएका ४२ वर्षीय नोर्बे लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा प्रक्रिया अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *