बसको टिकटको लागि ओके जर्नी

बसको टिकटको लागि ओके जर्नी: सन् २०१४ तिर सर्लाहीका राजेशदास आईओई थापाथली क्याम्पसमा इलेक्ट्रोनिक्स कम्युनिकेसन इन्जिनियरिङ गर्दै थिए।

गाउँमा हल्ला फैलियो ‘इलेक्ट्रिक्ल कम्युनिकेसन इन्जिनियरिङ पढे त कामै पाइँदैन, त्यो विषय कसैले पढ्नु पनि हुँदैन।’

आफूले पढिरहेको विषय अनि बजारतिर फैलिएका हल्ला। राजेश एकमनले सोच्न बाध्य भए।

‘के मैले पढेको विषयले काम पाइँदैन ?,’ उनले फेरि सोचे, ‘अरूकै काम गर्नुपर्छ भन्ने छ र ! आफूले पनि त केही गर्न सकिन्छ।’

सर्लाहीका राजेश दासलाई बसको टिकट काट्न करिब डेढ घण्टाको बाटो हिँडेर रौतहटको गौर पुग्नुपथ्र्यो। टिकट खुलेकै दिन गयो भने बसको अगाडिको सिट पाइन्थ्यो, नभए पछाडिको।

कहिलेकाहीँ त सिटै नपाउँदा रित्तै फर्कनुपथ्र्यो। यो उनको व्यक्तिगत समस्या मात्र थिएन, गाउँका सबैको साझा समस्या थियो। राजेशले त्यही समस्या सुल्झाउने उपाय सोचे।

दिमागमा आइडिया फुरिहाल्यो– बसमा पनि हवाईजहाजमा जस्तै क्लासअनुसार सिट बुक गर्ने। आफूले चाहेको र खोजेको जस्तै।

सन् २०१८ मा अन्तिम वर्षको परीक्षा नसक्दै राजेशको दिमागमा ‘अनलाइन बस टिकेटिङ’ को कन्सेप्ट आइसकेको थियो। प्लान र आइडियाहरूसमेत तयार पारिसकेका थिए। कमी थियो त मात्रै रकम र प्रोग्रामिङ डेभलपमेन्टको।

इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ भित्र प्रोग्रामिङको अध्ययन कमै थियो। जसकारण उनले प्रोग्रामिङको लागि केही समय क्लास लिए र पैसा जुटाउन एक महिना जति जागिर पनि गरे। केही समयपछि उनीसँग पैसा र सीप दुवै भयो।

एप डेभलपको काम सुरु गरिहाले।  एप तयार भयो। नाम राखे ‘ओके जर्नी’। मतलब यात्राको भरपर्दो साथी। जहाँ आफ्नो आवश्यकताअनुसार बस टिकट बुक गर्न सकिन्छ, त्यो पनि क्लासअनुसार।

राजेश ‘ओके जर्नी’ ले अनलाइन बस टिकेटिङमात्रै नभई टुर प्याकेजिङमा समेत लागि रहेको बताउँछन्। ‘ओके जर्नीले अनलाइन बस टिकेटिङको काम गर्छ।

साथै टुर प्याकेजतिर पनि लागिरहेको छु’ उनले भने, ‘तर, हाल भनेको बस टिकेटिङमात्रै रहेको छ।

प्यासेन्जरको हिसाबले हेर्ने हो भने हामीले मार्केटभन्दा फरक प्रस्प्रेक्टिभ दिएका छौं। त्यसमा तीन क्लास रहेका छन्। बिजनेस क्लास, इकोनमिक क्लास र लक्जरी क्लास।

जस्तै काठमाडौंबाट जनकपुर जाने गाडीभाडा सामान्यतयाः १२ सय छ भने, तपाईंले ‘ओके जर्नी’ मा इकोनमिकल्ली क्लास बुक गर्नुभयो भने ११ सय या एक हजार रुपैयाँमा टिकट पाउन सक्नुहुन्छ।

त्यसैगरी बिजनेस क्लासमा अलि महँगो १३ सय ५० र लक्जरी क्लासमा १४ सय ५० रुपैयाँसम्म पाउन सकिन्छ। ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *