हुन्डाई मोटर्स र आईआईटीबीच सम्झौता

हुन्डाई मोटर्स र आईआईटीबीच सम्झौता: कोरियाली कार उत्पादक समूह हुन्डाई मोटर ग्रुप र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलाजी (आईआईटी)बीच सम्झौता भएको छ।

विद्युतीय सवारीको ब्याट्री र विद्युतीकरणका लागि दुईपक्षबीच मंगलबार सम्झौता भएको हो।

सम्झौताअनुसार हुन्डाई मोटर र आईआईटीले संयुक्त रुपमा रिसर्च सिस्टम विकास गर्ने छन्।

यो रिसर्ट सिस्टमले मुख्य गरी विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीको विकास र सवारीको विद्युतीकरणमा केन्द्रित रहेर काम गर्नेछ।

भारतमा रहेका तीनवटा आईआईटी दिल्ली, आईआईटी बेम्बे र आईआईटी मद्रास यो रिसर्च सिस्टम विकासमा संलग्न हुनेछन्। हुन्डाई सेन्टर अफ एक्सिलेन्स आईआईटी दिल्लीमा स्थापना हुनेछ।

यसको आवश्यक लगानी हुन्डाई मोटर ग्रुपले गर्नेछ।

भारतीय बजारका लागि आवश्यक पर्ने उच्च प्रविधिको ब्याट्री विकास गर्नेछ। जसका कारण प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय विद्युतीय सवारी र ब्याट्री उपलब्ध हुनेछ।

हुन्डाई मोटर्सका प्रतिनिधिसहित आईआईटी दिल्लीका निर्देशक प्राध्यापक रञ्जन बेनर्जी, आईआईटी बेक्बेका डिन सचिन सी पातवर्द्धन र आईआईटी मद्रासका डिन मनु सान्थानको सहभागितामा सम्झौतामा हस्ताक्षर भएको थियो।

‘हुन्डाई मोटर ग्रुप-आईआईआईटी हुन्डाई सेन्टर अफ एक्सिलेन्स’को नाममा रिसर्च केन्द्र बनेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *