मकवानपुरमा टिप्पर दुर्घटना

मकवानपुरमा टिप्पर दुर्घटना: मकवानपुरमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन  निवासी अन्दाजी ४०/४१ वर्षीय सानु लो तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

शुक्रबार बिहान ०८:१५ बजे बकैया गाउँपालिका–५ झाँक्रीडाँडा नजिकको निर्माणाधीन तराई–काठमाडौं द्रुतमार्ग खण्डतर्फ हात्तिसँडेबाट ग्राबेल लिएर जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिप्पर दुर्घटना भएको थियो ।

मृतक तामाङ सोही टिप्परका चालक हुन् । टिप्पर अनियन्त्रित भई सडकबाट २५/३० मिटर तल खोल्सामा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *