एआई ट्राफिक लाइट

एआई ट्राफिक लाइट: ट्राफिक व्यवस्थापन स्वचालित गराउने गरी ललितपुर महानगरपालिकाले एडभान्स ट्राफिक कन्ट्रोल सिस्टम (एटिसिएस)सहितका ट्राफिक लाइट जडान गरेको छ।

इन्टेलिजेन्स प्रणालीमा आधारित यी लाइटले जता धेरै सवारीसाधनको संख्या छ, त्यतैतिर हरियो बत्ती बाल्छन्।

ललितपुर महानगरपालिकाले डेढ महिनाअघि मात्रै कुपन्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा यस्ता स्मार्ट लाइट जडान गरेको छ।

पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँचवटा लाइट जडान गरिएको छ।

लाइटसँगै राखिएको भेइकल डिटेक्टर मेसिनले सडकमा सवारीसाधनको संख्या तत्काल रिड गरेर तत्कालै ट्राफिक लाइटको चिपलाई जानकारी गराउँछ।

सोही आधारमा सिस्टमले जता धेरै सवारीसाधन छन्, त्यतातिर हरियो बत्ती बाल्छ ।

काठमाडौंतर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३०–४० सेकेन्ड मात्रै पर्खे पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *