१४ प्रतिशत सकियो त्रिभुवन विमानस्थलको काम

१४ प्रतिशत सकियो त्रिभुवन विमानस्थलको काम: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट ७५ मिटरभित्र पर्ने ट्याक्सी–वे विस्तारको काम १४ प्रतिशत सकिएको छ ।

गत २३ कात्तिकदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारको काम सुरु गरिएको छ ।

आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको ट्याक्सी–वे विस्तारमा हालसम्म करिब १४ प्रतिशत प्रगति भएको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले २३ कात्तिकदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम गरिरहेको छ ।

धावनमार्गबाट ७५ मिटरभन्दा बाहिर पर्ने अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी–वेलगायतका काम यसअघिदेखि नै निर्माण भइरहेका थिए ।

अहिले ७५ मिटरभित्र पर्ने ट्याक्सी–वे विस्तारका लागि उडान–अवतरण बन्द गर्नुपरेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

‘फिल्डमा एक सय ५० देखि दुई सय मजदुरहरू काम गरिरहनुभएको छ, अहिले खाल्डो खन्ने, माटो भर्नेलगायतका काम भइरहेका छन्,’ उनले भने, ‘समयमै काम सम्पन्न गर्नैपर्ने बाध्यता छ, सोहीअनुसार उच्च गतिमा काम भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *