कैलाली, गौरीगंगा नगरपालिका-८ मसुरियास्थित सडकमा सु.प.प्र.०१-००१ ख ३५२० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ रजिया बस्ने नर बहादुर विककी छोरी १३ वर्षीया अमृता विकको मंगलबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, तिलोत्तमा नगरपालिका-९ स्थित सडकमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु.४२ प ८६२० नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा स्कुटरमा सवार तिलोत्तमा नगरपालिका-३ बस्ने गुल्मी ईश्मा गाउँपालिका-६ रातमाता घर भएका १९ वर्षीय कृष्ण कुमालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।