सिजी मोटर्स र टिटि ग्लोबलले फास्ट चार्जर हस्तान्तरण गरे: सिजी मोटर्स प्रालि, नेपालमा केवाईसी, किङ्गलङ, निटा, दायुन, रिडारा, एक्ष्पेङ्ग, जीएसी, स्मार्ट, र अवतारका आधिकारिक वितरक हो।
कम्पनीले अधिकतम चार्जिङ स्टेसन र सेवा केन्द्रहरूको साथ नेपालको अटोमोबाइल उद्योगमा नेतृत्व गर्दै आएको छ।
सिजी मोटर्स नेपालमा विश्वसनीय र आधुनिक सवारी साधन उपलब्ध गराउँदै ग्राहकको सुविधामा विशेष ध्यान दिन्छ।
विद्युतीय गाडी आयात गरी आक्रामक बजार विस्तार गरिरहेको सिजी मोटर्सले फास्ट चार्जिङ स्टेसनमा लगानी बढाइरहेको छ।
यसैक्रममा सिजी मोटर्स प्रालि र पोखराका लागि डिलर टिटि ग्लोबल प्रालिले पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई फास्ट चार्जर हस्तान्तरण गरेका छन्।
सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले मंगलबार आयोजित एक कार्यक्रमबीच पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीलाई चार्जर हस्तान्तरण गरेका हुन्।
कम्पनीको कार्यालय परिसर पोखरामा चार्जिङ स्टेसन स्थापना गरिने बताइएको छ। चार्जिङ स्टेसन विस्तार पछि विद्युतीय गाडी चार्ज गर्नका लागि यातायात व्यवसायीहरू लाभान्वित हुने विश्वास गरिएको छ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष केसीले विद्युतीय गाडीमा आकर्षण बढिरहेकाले चार्जिङ स्टेसनको पूर्वाधार विकास हुनुपर्ने बताए। आगामी दिनमा सिजी मोटर्ससँग सहकार्य गर्दै अगाडि बढ्न आफूहरू तयार रहेको बताए।
सिजी मोटर्सले देशभर दुई सय भन्दा बढी स्थानमा फास्ट चार्जिङ स्टेसन स्थापना गरिसकेको छ।
अबको एक वर्षभित्र थप दुई सय स्थानमा बिस्तार गरिने प्रालिका प्रमुख कार्यकारी अधिकृत अग्रवालले जानकारी दिए।
टिटि ग्लोबलले पोखराका लागि केवाईसी, किङ्गलङ, नेटा, रिडारा र अवतारको बिक्रीवितरण गर्दै आइरहेको छ।
टिटी ग्लोबलका निर्देशक प्रमेश पराजुलीले चार्जिङ स्टेसन तथा अन्य पूर्वाधार विकासमा सिजी मोटर्स र टिटी ग्लोबल प्रतिबद्ध रहेको बताए। बिक्री पछिको सेवा प्राथमिकतामा रहेको उनले बताए।
नेपालमा इलेक्ट्रिक गाडीहरूको माग बढ्दै जानका साथ, सिजी मोटर्स इवी इन्फ्रास्ट्रक्चरको लागि विश्वसनीय सेवा र मर्मत सेवा सुनिश्चित गरिरहेको छ।
केहि दिन अघि बागडोलमा नयाँ सर्विस स्टेसन उद्घाटन गर्दै नेपालभरि २१ सर्विस स्टेसनहरू तथा स्पेयर पार्ट्स बिक्रिको सञ्जाल गरि सम्पूर्ण ग्राहकलाई निरन्तर सेवा दिन तत्पर छ।
कम्पनीले नेपालभरि २०० भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ र यसको सञ्जाललाई अझै विस्तार गर्दैछ।
Visit homepage : eautonepal.com