दोस्रो चरणअन्तर्गतको परियोजना उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाटै गराउने गृहकार्य भइराखेको छ ।
डिसेम्बर अन्तिम साता नभए जनवरी पहिलो सातामै उद्घाटन हुने भट्टले बताए । सोमबार पनि वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा कार्यकारी निर्देशक भट्टसहितको टोलीले परियोजनाको प्रगति निरीक्षण गरेको छ ।
निगमका डिपो म्यानुअलबाट सञ्चालन हुँदै आएका छन् । प्रविधिको विकाससँगै अटोमेसनमा जान जरुरी भइसकेको निगमले जनाएको छ ।
अटोमेसनमा गएपछि चालकले ‘लोडिङ–वे’ अनुसार गेट पास पाउँछन् । कार्ड देखाएपछि इन्धन भर्न इन्ट्री गर्न पाउँछन् । त्यसअपछि आफैं इन्धन भर्न सकिने जनाइएको छ ।
‘म्यानुअलमा निगमका कर्मचारी बसेर ढकन भने खोल्नुपर्छ । ट्यांकरमा बसेर डिप टेस्ट गर्न कर्मचारी नै बस्नुपर्छ,’ भट्टले भने, ‘तर अटोमेसनमा जाँदा डिप टेस्ट गर्नुपर्दैन । कर्मचारी बस्नुपर्दैन ।’
‘लोडिङ–वे’ निर्माण भएपछि पाइप लाइनबाट पहिलो पटक ५ हजार ५ सय किलो लिटर पेट्रोल आयात गरिएको निगमका अमलेखगन्जस्थित प्रादेशिक कार्यालय प्रमुख आचार्य बताउँछन् ।
पेट्रोल गत असोज १७ मा आएको थियो । पेट्रोल आएपछि त्यसको सफल परीक्षण भइसकेको छ । अहिले पाइप लाइनबाट डिजेल मात्रै आयात हुन्छ ।
पुसबाट पेट्रोल पनि पाइप लाइनबाटै आयात हुन्छ । पाइप लाइनबाट डिजेल ल्याएपछि बीचमा पाइप लाइन कम्प्याट्रियल केरोसेन (पीसीके) मिसाएर पेट्रोल ल्याइनेछ ।
पीसीके उच्च गुणस्तरको इन्धन भएकाले डिजेल पेट्रोल दुवैमा मिसाउन मिल्ने निगमले जनाएको छ ।
पाइप लाइनबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्नसमेत सहयोग पुग्ने निगमले बताएको छ ।
ढुवानी भाडा बचत, प्रदूषण नियन्त्रण, परिमाण र गुणस्तरको सुनिश्चितता, समयको बचतलगायत फाइदासमेत हुनेछ ।
नेपाल र भारतले बनाइरहेका परियोजनामा नेपालतर्फका प्रमुख प्रदीप यादवको नेतृत्वमा नेपालले बनाउने परियोजनाअन्तर्गत अमलेखगन्जमा ५ हजार किलोलिटरको पेट्रोल र ५ हजार किलोलिटरको डिजेल ट्यांकीबनिसकेका छन् ।
अमलेखजगन्जमा १५ हजार १ सय १० किलोलिटर क्षमताको पेट्रोल ट्यांकी, २४ हजार ८ सय ४० किलोलिटर क्षमताको डिजेल ट्यांकी र २ हजार २ सय ६० किलोलिटर क्षमताको मट्टितेल ट्यांकी छ ।
५ सय किलोलिटर क्षमताको ट्रान्समिक्स ट्यांकी र ८ हजार ४ सय किलोलिटरको पानीट्यांकी पनि छ ।
अमलेखगन्ज डिपोबाट दिनको ६ सय किलोलिटर पेट्रोल र १५ सय किलोलिटर डिजेल बिक्री हुन्छ ।
डिपोबाट चितवन, तनहुँ, मकवानपुर, लमजुङ, गोरखा, नवलपरासी, बारा, पर्सा, रौतहट, धादिङलगायत २६ जिल्लामा इन्धन वितरण गरिन्छ ।
साथै निगमकै विराटनगर, धनुषा, थानकोट, पोखरा र भलवरी कार्यालयमा इन्धन स्टक ट्रान्सफर गरिन्छ ।