मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु: मदन भण्डारी लोकमार्गको उदयपुरको त्रियुगा नगरपालिका–९ गैरुनमा खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो गाईघाटबाट राजावासतर्फ जाँदै गरेको स८प ६६९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–५ देउरीका ३५ वर्षीय इन्द्रदेव चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजन चापागाईले दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *