नेपालमा भारतीयभन्दा चिनियाँ विद्युतीय स्कुटरको वर्चस्व: नेपालको विद्युतीय सवारी साधन बजारमा चिनियाँ स्कुटरले भारतीय स्कुटरलाई पछि पार्दै आफ्नो प्रभाव स्थापित गरिरहेको छ ।
गुणस्तर, मूल्य, र विशेषताका हिसाबले चिनियाँ स्कुटर धेरै प्रतिस्पर्धात्मक देखिएका छन् ।
भारतीय सवारीसाधनहरूप्रति नेपाली उपभोक्ताको पुरानै विश्वास र भरोसाका कारण भारतीय विद्युतीय स्कुटरहरूले पनि बिक्री गर्न सकेका छन् ।
तर, तुलनात्मक रूपमा, चिनियाँ स्कुटरहरू गुणस्तर र मूल्यको सन्दर्भमा अगाडि देखिन्छन् ।
चिनियाँ स्कुटरहरू नेपाली उपभोक्ताको आवश्यकता र बजेटलाई मध्यनजर गर्दै सस्तो मूल्यमा उपलब्ध छन् ।
यिनमा आधुनिक विशेषता र टिकाउ प्रविधि समेत समावेश गरिएका छन् । यद्यपि, चिनियाँ स्कुटरको बजारमा केही कम गुणस्तरका उत्पादनहरू पनि पाइएको छ ।
यस्ता उत्पादनहरूले बजारप्रतिको उपभोक्ताको विश्वासमा नकारात्मक प्रभाव पार्न सक्छन् ।
भारतीय विद्युतीय स्कुटरको चर्चा गर्दा, केही ब्रान्डहरू नेपालमा छिट्टै व्यवसाय बन्द गरेर फर्किएका छन् । जस्तै, प्योरइभि, राफ्ट, इभिट्रिक, दुहान, मियामा, ओकाया आदि ।
प्राविधिक समस्या अत्यधिक देखिनु र तिनीहरूलाई समयमा समाधान गर्न नसक्दा, यस्ता ब्रान्डहरूले बजारमा आफ्नो उपस्थिति कायम राख्न असफल भएका छन् ।
यो प्रवृत्तिले भारतीय स्कुटरप्रतिको उपभोक्ताको धारणा कमजोर बनाएको छ । हुन त केहि भारतीय ब्राण्डहरु पनि नेपालमा सफलतापुर्वक व्यवसाय गरेको पनि देखिन्छ ।
जस्तो, अथर, टिभिएस आइक्युब आदि । यी ब्राण्डहरु राम्रो त छन् । तर तुलनात्मक रुपमा मुल्य अत्याधिक भएको आम प्रयोगकर्ताको गुनासो छ ।
यसको विपरीत, चिनियाँ स्कुटरहरूले राम्रो मूल्य, उच्च प्रदर्शन, र आकर्षक विशेषताका कारण नेपाली बजारमा आफ्नो स्थान बलियो बनाएका छन् ।
उचित ब्रान्ड र गुणस्तर छानेमा, चिनियाँ स्कुटर नेपाली सडकका लागि धेरै उपयुक्त साबित भएका छन् ।
सस्तो मूल्यमा लामो समय टिक्न सक्ने र राम्रो सेवा दिने चिनियाँ स्कुटरहरूको माग दिन प्रतिदिन बढ्दै गएको छ ।
विश्व बजारलाई हेर्ने हो भने पनि चिनिया ब्राण्डहरु नै अग्रपंक्तिमा देखिन्छन् । जस्तै, लुयान, याडिया, जिहो, नियु, सेगवे, सुपरसोको, आदि ब्राण्डहरु नेपाल लगायत विश्वमा अग्रपंक्तिमा देखिएका ब्राण्ड हुन् ।
हुन त चिनियाँ ब्राण्डहरु आजभन्दा २०/२५ बर्ष अघिदेखि नै विद्युतीय सवारीसाधन उत्पादन गर्दै आइरहेका छन् ।
भारतीय तथा अन्य मुलुकमा अझै पनि विद्युतीय सवारीसाधनको उत्पादन सिकाइकै रुपमा रहेको देख्न सकिन्छ । यस कारण, नेपाली उपभोक्ताहरूले ब्रान्ड छान्दा ध्यान दिनुपर्ने देखिन्छ ।
चिनियाँ विद्युतीय स्कुटरहरूसँग उचित छनोट र प्राविधिक सहयोग सुनिश्चित गर्न सक्ने हो भने, यी सवारी साधनले नेपालको विद्युतीय सवारीसाधनको बजारलाई नयाँ उचाइमा र्पुयाउन सक्छन् ।
नेपालमा विद्युतीय स्कुटरको बजार विस्तारसँगै गुणस्तरीय र भरपर्दाे उत्पादनका लागि सही छनोट गर्नु उपभोक्ताको प्रमुख जिम्मेवारी हो ।
चिनियाँ स्कुटरले यस क्षेत्रमा नयाँ सम्भावना प्रस्तुत गरिरहेको स्पष्ट छ ।
Visit homepage : eautonepal.com