ड्याम साइडबाट मोटरसाइकल खस्दा १ जनाको मृत्यु

ड्याम साइडबाट मोटरसाइकल खस्दा १ जनाको मृत्यु: रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ हाकुबेसी स्थित अपर त्रिशूली हाइड्रो पावरको ड्याम साइडबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश–०२–०११ प ४६०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय रामबहादुर तामाङको मृत्यु भएको रसुवाका डिएसपी केशव भट्टराईले रातोपाटीलाई बताए ।

अपर त्रिशूली–२१६ हाइड्रो पावरको ड्याम साइडबाट मोटरसाइकल ४ सय मिटर तल खसेको छ ।

मृत्यु भएका तामाङ मोटरसाइकल चालक हुन् ।

मोटरसाइकलमा सवार २० वर्षीय धिरज तामाङ सकुशल छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय रसुवाले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *