रामेछापमा भएको गाडी दुर्घटना

रामेछापमा भएको गाडी दुर्घटना: रामेछापको गोकुलगंगा गाउँपालिकामा सवारी दुर्घटनामा परी वडाध्यक्षसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ।

गोकुलगंगा गाउँपालिका– ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो।

आज शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगा– ६ फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो।

दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित अन्य पाँचजनाको घटनास्थलमै मृत्यु भएको रामेछापका डिएसपी प्रदीप सिंहले जानकारी दिए। मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालक रहेका प्रहरीले जनाएको छ। गाडीमा आठजना सवार थिए।

घटनास्थलबाट घाइते तीनजनाको उद्धार गरी सदरमुकाम मन्थलीस्थित तामाकोशी अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

गाडी सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। घटनाको विषयमा थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *