वायु प्रदूषणको कहर : ललितपुरको सन्तानेश्वर मन्दिर परिसरबाट बिहीबार दिउँसो देखिएको काठमाडौं उपत्यकाको दृश्य । बस्तीलाई बाक्लो तुँवालोले ढपक्कै ढाकेको देखिन्छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासको वायु प्रदूषण मापन यन्त्रका अनुसार काठमाडौंको वायुको गुणस्तर अहिले अस्वस्थकर छ ।
दूतावासको एअर क्वालिटी इन्डेक्सअनुसार बिहीबार बिहान हावाको गुणस्तर १७७ छ, जुन मानव स्वास्थ्यका लागि हानिकारक हो ।