रियादमा ३० खर्बको लागतमा मेट्रो ट्रेन सञ्चालन हुने: साउदी अरबको महत्त्वाकांक्षी परियोजनाको रूपमा रहेको रियाद मेट्रो ट्रेन नेटवर्कको साउदी अरबका राजा सलमान विन अब्दुलाजिज अल–साउदले एक कार्यक्रमबिच उद्घाटन गरेका छन् ।
साउदी अरबका राजा अल–साउदले एक कार्यक्रमबिच स्विच थिचेर मेट्रो ट्रेनको उद्घाटन गरेका हुन् ।
साउदी अरबको राजधानी रियादमा बढ्दो चारपांग्रे सवारीसाधनको चापलाई मध्यनजर गर्दै र भविष्यमा विश्वभरका पर्यटनलाई आकर्षित गर्ने उद्देश्यले सुविधासम्पन्न मेट्रो ट्रेन निर्माण गरिएको हो ।
साउदी अरबले रियाद मेट्रो परियोजनालाई समृद्ध युगतर्फ अघि बढेको र पूर्वाधारको विकाससँगै सहरमा जीवनको गुणस्तर बढ्दै जाने विश्वासको रूपमा लिएको छ ।
यसले साउदी अरबको भिजन– २०३० को लक्ष्य र विश्वभरिका पर्यटकीय गन्त्वयको रूपमा विकसित सहरमा उभिने अपेक्षा गरिएको छ ।