मार्तडी कारागार मोडमा अटो दुर्घटना

मार्तडी कारागार मोडमा अटो दुर्घटना: साफेँ मार्तडी सडक खण्डअन्तर्गत पर्ने बाजुरा सदरमुकाम मार्तडीको कारागार मोडमा अटो दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।

बुधबार राति ८ बजे बडीमालिका नगरपालिका वडा नं ६ विरेखोलाबाट मार्तडीका लागि आउँदै गरेको सु.प. प्र. ०१०० (ह) ६४८५ नम्बरको अटो अनियन्त्रित हुँदा मार्तडीको कारागार मोडमा दुर्घटना भएको हो।

अटो दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन्।

घाइते हुनेमा बडीमालिका नगरपालिका वडा नं ९ विरेखोला बस्ने अन्दाजी वर्ष २३ का अटो चालक गोविन्द साउँद, बडीमालिका– ८ बस्ने वर्ष २० का प्रकाश रावल  र सोही वडा बस्ने वर्ष २२ का दिपेन्द्र रावल रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

प्रहरीका अनुसार घाइते तीनै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। अटो कारागार मोडबाट दुई सय मिटर तल खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *