भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दियो

भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दियो: मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छभने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

भक्तपुरबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएको र उनकी श्रीमती नवीनाको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ।

घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा उपचार भइरहेको छ ।

प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का  बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *