दार्चुला-तिंकर सडकको छुट्टै योजना

दार्चुला-तिंकर सडकको छुट्टै योजना: राष्ट्रिय गौरवको महाकाली करिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–तिंकर सडक योजनालाई छुट्टै योजनाअन्तर्गत बनाउने मन्त्रीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।

दार्चुला–तिंकर सडक योजनाको निरीक्षण गर्न आएका रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दार्चुला–तिंकर सडकलाई छुट्टै योजनाको रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका हुन् ।

निरीक्षण भ्रमणमा दार्चुलाबाट सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू र प्रधानसेनापति अशोकराज सिग्देलसमेतको उपस्थिति थियो ।

दार्चुला–तिंकर सडक खण्डको हवाई निरीक्षणपछि सुनसेरामा भएको ब्रिफिङ कार्यक्रममा भौगोलिक अवस्थाका कारण पनि छुट्टै योजनाको रूपमा अघि बढाउन सबै सहमत भएको  पूर्वमन्त्री बडूले जानकारी दिए ।

यसअघि ९ पुस ०८० मा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पनि यस्तै प्रतिबद्धता जनाएका थिए ।

तर, सरकार परिवर्तन भएपछि निर्णय कार्यान्वयन हुन सकेन । अहिलेका भ्रमण विगतको भन्दा फरक रहेको बडूले बताए ।

उनले भने ‘दुई ठुला दल मिलेर बनेको सरकारले स्थायित्व प्रदान गर्छ । तत्कालै मन्त्री फेरबदल हुने अवस्था नहुने हुँदा अहिलेको भ्रमण उपलब्धिमूलक भएको म मान्दछु ।’

सेनाले ०७७ सालमामा सडक बनाउने जिम्मा लिएको १० वर्षमा ट्र्याक खोल्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *