गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न: रौतहटको गौरमा ‘बजाजमाइलेज च्याम्पियन’ सम्पन्न भएको छ ।

यस बजाजमाइलेज च्याम्पियनमा नेपालभरिका बजाज प्लाटिना चालकहरू आफ्नो मोटरसाइकलको उच्चतम माइलेज क्षमताप्रदर्शन गर्न सहभागि भएका थिए।

माइलेज च्याम्पियनमा लोकेश कुमार चौरसियाले ९९ किमी प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए। त्यस्तै ९४ किमी प्रति लिटरको प्रदर्शनका साथ मुकेश कुमार शाह दोस्रो स्थानमा रहेका थिए भने ९० किमी प्रति लिटरको प्रदर्शन गर्दै रोशन अली यादव तेस्रो स्थानमा रहेका थिए।

यो इभेन्टले केवल बजाज प्लेटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई मात्र नभई बजाज प्रेमीहरू बीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवद्र्धन गरेको थियो।

यस माइलेज च्याम्पियनमा सहभागि चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरे। यस रोमाञ्चक कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्दै नेपालका बजाज प्रेमीहरू बीचको एकताको भावना र मित्रवत प्रतिस्पर्धालाई प्रोत्साहित गरेको थियो।

पछिल्लो समय पेट्रोलिय पदार्थको मूल्य वृद्धिभएसँगै आम ग्राहक वर्गलाई माइलेजको अवस्थाबारे जानकारी दिन उक्त च्याम्पियन आयोजन गरिएको बजाजका एरिया सेल्स म्यानेजर विजय सिंहले बताउनुभयो। १०० सीसीको प्लाटिना मोटरसाइकलको माइलेज च्याम्पियन हुने उनले बताउनुभएको थियो।

नयाँ पुस्ताले बढी पेट्रोल खर्च गर्ने मोटरसाइकल चलाउने ट्रेन्ड बसेका बेला प्लाटिना प्रयोगको फाइदाबारे पनि च्याम्पियनले जानकारी दिने विश्वास दिएका थिए। आइतबार बिहान १० बजे उक्त च्याम्पियनको गरुडा चिनी मिल चौरमा उद्घाटन भएको थियो।

उक्त च्याम्पियनमा आम ग्राहक वर्गलाई सहभागिता कालागि पनि अनुरोध गरिएको थियो। च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको थियो।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *