बेलायतमा रहस्यमय ड्रोन

बेलायतमा रहेको तीनवटा अमेरिकी सैन्य शिविर (यूएसएएफ) माथि पहिचान नखुलेका केही ड्रोन देखापरेको कुरा पुष्टि भएको छ । यो घटना बुधबार देखि शुक्रबारको भएको बताइएको छ ।

आफूहरूले साना मानवरहित ड्रोन देखेको सैन्य शिविरहरूले भनेका छन । यी ड्रोन शत्रुहरूको थियो कि थिएन भन्ने स्पष्ट भई नसकेको यूएसएएफले भनेको छ ।

यस विषयमा यूएसएएफले थप विवरण केही पनि दिएको छैन ।

बेलायतमा आरएफ लेकनहिथ, आरएएफ माइल्डेनहल र आरएएफ फेल्टवेल आसपार र माथि मानवररहित साना ड्रोन देखेको आफूले पूष्टि गर्न सक्ने यूरोपमा यूएसएएफका एक प्रवक्ताले भनेका छन् ।

संख्या एकिनका साथ भन्न नसकिएको तर यसको आकार फरक फरक भएको पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *