नेपाल वायुसेवा निगमले उच्च भाडामा टिकट नबेच्ने

नेपाल वायुसेवा निगमले उच्च भाडामा टिकट नबेच्ने: नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने भएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै निगमका प्रवक्ता रमेश पौडेलले भनेका छन्, ‘नेपाल वायुसेवा निगमको मिति: २०८१/८/६ को प्रेस विज्ञप्तिको सन्दर्भमा थप प्रष्ट पार्दै राष्ट्रिय ध्वजावाहकले राष्ट्रिय दायित्व निर्वाह गर्दै निगमको अन्तर्राष्ट्रिय सेक्टरहरुको इकोनोमी क्लासको माथिल्लो भाडादरमा सर्वसाधारणलाई अन्तर्राष्ट्रिय टिकट नबेची सो भन्दा तलको भाडादरमा मात्र बिक्री गर्ने निर्णय भएको ब्यहोरा सम्बन्धित सवैमा जानकारी गराइन्छ ।’

निगमले नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाइएमा कारबाही गर्नका लागि सप्रमाण जानकारी गराउन अनुरोध पनि गरेको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *