http://परासिमा अटो- मेकानिक्स भेटघाट कार्यक्रमनेपाल अटो मेकानिक्स ट्रेड युनियन केन्द्रिय प्रशिक्षण विभाग र जिल्ला समन्वय कमिटीको आयोजना परासी लगाएत भारतसंग जोडिएर रहेका मेकानिक्सलाई प्रशिक्षण तथा आइरहेका समस्या विषयमा अन्तरकृया कार्यक्रम नवलपरासीको परासी क्याम्पसमा सम्पन्न गरेको छ ।

अध्यक्ष होमनाथ भट्टराईले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रममा ४७ जना मेकानिक्स उपस्थित भएका थिए र कार्यक्रमको समायोजन सरोज चौधरी, कार्यक्रम संचालन बिन्जना गौड र उपाध्यक्ष बेद प्रसाद लोहारले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

लुम्बिनी प्रदेशका सह – सचिव गोपाल कुवरले गरेको कार्यक्रम व्यवस्थापनका कारण सस्थासंग आबद्ध हुनको लागि मेकानिक्सहरु उत्साहित देखिन्थ्यो ।
नेपाल अटो-मेकानिक्स ट्रेड युनियन नवलपरासीको परासिमा अटो- मेकानिक्स भेटघाट तथा प्रविधिक प्रशिक्षण कार्यक्रममा मेकानिक्सहरु उत्साहितका उपस्थित भएको थिए ।
विषय वस्तुमा आधारित केन्द्रत भएर ३ घन्टासम्म जिज्ञासा सहित भरिपुर्ण भएको धेरै मेकानिक्स नाटुको प्रशिक्षणले नयाँ आयामसम्म पुगेको देख्दा नाटु प्रशिक्षण विभागमा काम गर्ने अझ हौसलाको आगामी दिनमा सस्थागत नयाँ आयाम र मेकानिक्सको भरोसा पुर्ण गर्ने योजना सहित अगाडि बढ्ने विस्वाश सहित कार्यक्रम सम्पन्न गरियो ।
