सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?: नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार किन र कसकाे प्रायोजनमा भइरहेको छ ? भनेर प्रश्न गरेका छन् ।
एमालेले आज काठमाडौँमा गर्न लागेको जागरसभा र भइरहेको आलोचनाप्रति सङ्केत गर्दै महासचिव पोखरेलले मुलुकमा अस्थिरता सिर्जना गर्ने उद्देश्यले प्रायोजित रूपमा सिर्जना गरेका षडयन्त्र तथा भ्रमबाट समाज र राजनीतिलाई मुक्त गर्न आग्रह समेत गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा नौ वटा प्रश्न गर्दै पोखरेलले गरेका कामहरू कसरी गलत भए ? भनेर सोधेका छन् ।
उनले स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ? भनेका छन् भने विकास र समृद्धिका लागि मेगा परियोजनाहरू अघि बढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ? भनेर प्रश्न गरेका छन् ।
Visit homepage : eautonepal.com