– प्रदिपमान प्रधान, म्यानेजिङ डाइरेक्टर – हिट्को प्रालि
http://ग्राहक वर्गको भूमिका महत्वपूर्ण
२०३२ मंसिर ७ गते स्थापना भएको हिट्को प्रालि ४९ वर्ष पुरा भएर ५० वर्षमा प्रवेश गरेको हिट्को प्रालिका म्यानेजिङ डाइरेक्टर प्रदिपमान प्रधानले बताए ।
सवारी साधन बिक्री गरे पश्चात उपलब्ध गराइने बिक्री पछिको सेवा अर्थात आफ्टर सेल्स सर्भिसका लागि आवश्यक उपकरण उपलब्ध गराउदै आएको हिट्को प्रालि ५०औं वर्षमा प्रवेश गरेको छ ।
प्रधान भन्छन्, ‘हामीलाई अहिले यो अवस्थामा ल्याउनमा ग्राहक वर्गको भूमिका महत्वपूर्ण छ ।

लामो समय देखि हाम्रो बफादार ग्राहक बनेकोमा सबैलाई धन्यवाद दिन चाहन्छु ।
आगामी दिनमा समेत उत्कृष्ट उत्पादन र सेवा उपलब्ध गराउने हाम्रो नीतिप्रति हामी प्रतिबद्ध छौ ।’
हिट्कोले हाल टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर, हेभी इक्विपमेन्ट मर्मतका लागि आवश्यक टुल्स, पार्ट्स जस्ता उपकरण उपलब्ध गराउँदै आएको छ ।
त्यसैगरी उद्योगका लागि एयर कम्प्रेसर र मेटरियल ह्यान्डलिङ उपकरण उपलब्ध गराइरहेको छ ।
कुनै पनि सवारी साधन बिक्री गरेपछि बिक्रीपछिको सेवा उपलब्ध गराउनका लागि विभिन्न प्रकारका वर्कसप वा अन्य पूर्वाधारको आवश्यकता पर्छ ।

ती सबै पूर्वाधार कार्यका लागि आवश्यक उपकरण हिट्कोले उपलब्ध गराउदै आएको छ ।
पछिल्लो समयमा इलेक्ट्रिक गाडीको सर्भिस सेन्टर निर्माणका लागि आवश्यक उपकरण समेत उपलब्ध गराउदै आएको प्रधान बताउछन् ।
नेपाली बजारमा उपलब्ध बीवाईडी, नेटा, एमजी, हुन्डाई, एसआरएम, एमएडब्लु आदिसँग कम्पनीले सहकार्य गरिरहेको छ ।
समयक्रममा नयाँ प्रविधि भित्रिएसँगै त्यसै अनुसारको उपकरण समेत भित्र्याइरहेको उनले बताए ।
शुरुमा हिट्कोले सरकारी निर्माण कार्यमा प्रयोग हुने आवश्यक उपकरण आपुर्ति गर्ने उद्देश्यका साथ हिट्को प्रालिको स्थापना भएको थियो । पछि यसले अन्य प्रकारका उपकरण समेत आयात गर्न थाल्यो ।
हिमालयन ट्रेडिङ कन्सर्नको छोटकरी रुप हिट्को हो, पछि हिट्को प्रालिको नामबाटै यो लोकप्रिय बन्यो ।
