ग्राहक वर्गको भूमिका महत्वपूर्ण

– प्रदिपमान प्रधान, म्यानेजिङ डाइरेक्टर – हिट्को प्रालि

 

http://ग्राहक वर्गको भूमिका महत्वपूर्ण

२०३२ मंसिर ७ गते स्थापना भएको हिट्को प्रालि ४९ वर्ष पुरा भएर ५० वर्षमा प्रवेश गरेको हिट्को प्रालिका म्यानेजिङ डाइरेक्टर प्रदिपमान प्रधानले बताए ।

सवारी साधन बिक्री गरे पश्चात उपलब्ध गराइने बिक्री पछिको सेवा अर्थात आफ्टर सेल्स सर्भिसका लागि आवश्यक उपकरण उपलब्ध गराउदै आएको हिट्को प्रालि ५०औं वर्षमा प्रवेश गरेको छ ।

प्रधान भन्छन्, ‘हामीलाई अहिले यो अवस्थामा ल्याउनमा ग्राहक वर्गको भूमिका महत्वपूर्ण छ ।

लामो समय देखि हाम्रो बफादार ग्राहक बनेकोमा सबैलाई धन्यवाद दिन चाहन्छु ।

आगामी दिनमा समेत उत्कृष्ट उत्पादन र सेवा उपलब्ध गराउने हाम्रो नीतिप्रति हामी प्रतिबद्ध छौ ।’

हिट्कोले हाल टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर, हेभी इक्विपमेन्ट मर्मतका लागि आवश्यक टुल्स, पार्ट्स जस्ता उपकरण उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी उद्योगका लागि एयर कम्प्रेसर र मेटरियल ह्यान्डलिङ उपकरण उपलब्ध गराइरहेको छ ।

कुनै पनि सवारी साधन बिक्री गरेपछि बिक्रीपछिको सेवा उपलब्ध गराउनका लागि विभिन्न प्रकारका वर्कसप वा अन्य पूर्वाधारको आवश्यकता पर्छ ।

ती सबै पूर्वाधार कार्यका लागि आवश्यक उपकरण हिट्कोले उपलब्ध गराउदै आएको छ ।

पछिल्लो समयमा इलेक्ट्रिक गाडीको सर्भिस सेन्टर निर्माणका लागि आवश्यक उपकरण समेत उपलब्ध गराउदै आएको प्रधान बताउछन् ।

नेपाली बजारमा उपलब्ध बीवाईडी, नेटा, एमजी, हुन्डाई, एसआरएम, एमएडब्लु आदिसँग कम्पनीले सहकार्य गरिरहेको छ ।

समयक्रममा नयाँ प्रविधि भित्रिएसँगै त्यसै अनुसारको उपकरण समेत भित्र्याइरहेको उनले बताए ।

शुरुमा हिट्कोले सरकारी निर्माण कार्यमा प्रयोग हुने आवश्यक उपकरण आपुर्ति गर्ने उद्देश्यका साथ हिट्को प्रालिको स्थापना भएको थियो । पछि यसले अन्य प्रकारका उपकरण समेत आयात गर्न थाल्यो ।

हिमालयन ट्रेडिङ कन्सर्नको छोटकरी रुप हिट्को हो, पछि हिट्को प्रालिको नामबाटै यो लोकप्रिय बन्यो ।

हिट्को प्रालिले हाल एल्गी र एटीएस–एल्गीका उपकरणहरु बिक्री वितरण गरिरहेको छ ।

खासगरी सवारी साधनको ग्यारेज निर्माणका लागि आवश्यक उपकरण र सडक वा टनेल निर्माणको अवसरमा आवश्यक एयर कम्प्रेसर समेत हिट्कोले उपलब्ध गराइरहेको छ ।

हिट्कोले सिजफायर ब्रान्डका फायर एक्स्टिङग्विसर पनि उपलब्ध गराइरहेको छ ।

अटोमोवाइल प्रविधिमा आएको परिवर्तनसँगै एटीएस एल्गीले आफ्ना उत्पादनलाई पनि स्तरोन्नति गर्दै लगेको छ ।

नयाँ प्रविधिका सवारी साधनको मर्मतसम्भारमा नयाँ र विशेष फिचरयुक्त उपकरण प्रयोग गर्नुपर्ने हुन्छ । सोही विषयलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो उत्पादनमा समयसापेक्ष परिवर्तन गर्दै लगेको छ ।

एटीएस एल्गीसँग हाल सवै प्रकारका अत्याधुनिक पोष्ट, पेन्ट वुथ, ह्विल अलाइनर, व्यालेन्सर, टायर चेन्जर, एसी रिकोभरी, अटोमेटिक कार वासर र अन्डर वडी वासिङ किट लगायतका उपकरण उपलब्ध छन् ।

पछिल्लो समय अटोबजार इलेक्ट्रिक भेइकलमा सिफ्ट भएसँगै कम्पनीले ईभीकै लागि भनेर विशेष प्रकारका उपकरण र अन्य सामग्रीको उत्पादन समेत गरिरहेको छ ।

ती उपकरण र सामग्री विस्तारै नेपाली बजारमा समेत आउने क्रममा छन् ।

त्यसैगरी हाल नेपालमा एसेम्बल उद्योग समेत बढिरहेको र त्यस्ता उद्योगमा समेत हिट्कोले विभिन्न उपकरण उपलब्ध गराइरहेको प्रधानले बताए । उनी भन्छन्, ‘पछिल्लो समय ईभीको माग बढ्दै गएका कारण वर्कशप समेत ईभी डेडिकेटेड बन्न थालिसकेको छ ।

ईभी वर्कशपका लागि आवश्यक पर्ने ब्याट्री म्यानेजमेन्ट सिस्टम बाहेक टुल्स, ड्रेस र ब्याट्री लिफ्टर सबै हामीसंग उपलब्ध छ ।

साथै हामीले एड्भान्स सिस्टमको ह्विल एलाइन्मेन्ट, ब्याट्री ट्रे, हाइभाल्टेड टुल्स र एसी रेकभरी जस्ता उपकरण पनि उपलब्ध गराएका छौं ।’

बुवा अक्षतमान प्रधानले स्थापना गरेको हिट्को प्रालि उत्तराधिकारीका रुपमा प्रदिपमान प्रधानले चलाएका हुन् ।

हाल उनका छोरा प्रणव प्रधान समेत यसैमा संलग्न छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *