भोलिदेखि काठमाडौं प्लाजामा निःशुल्क पार्किङ

भोलिदेखि काठमाडौं प्लाजामा निःशुल्क पार्किङ: काठमाडौं महानगरपालिकाले अब सर्वसाधारणका लागि काठमाडौं प्लाजामा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने भएको छ।

यो पार्किङ सेवा भोलिदेखि सुरु हुनेछ।

पार्किङ सेवा साँझको साढे ५ बजेदेखि राति ११ बजेसम्म उपलब्ध हुनेछ।

महानगरका प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्लेले भने, “यो सेवा सुरु गरेपछि कमलादी, पुतलीसडक, दरबारमार्ग, हात्तीसार र कमलपोखरीजस्ता क्षेत्रका यातायात र पार्किङमा सहजता हुनेछ।”

यो पार्किङ सेवा दुईपांग्रे र ४ पांग्रे सवारीसाधन दुवैको लागि हुनेछ।

पार्किङ व्यवस्थापन महानगर प्रहरी बलले गर्ने छ, भन्ने जानकारी नगर प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले दिएका छन्।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *