सडक र खोला मापदण्ड हटाउन माग गर्दै र्याली: सडक र खोला मापदण्डको नयाँ नियम हटाउन माग गर्दै काठमाडौंमा खबरदारी कार्यक्रम गरिएको छ।
भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्डपीडित संघर्ष समितिले यो कार्यक्रम आयोजना गरेका हुन्।
यो कार्यक्रममा र्याली पनि निकालिएको थियो।
र्याली ललितपुरको कुपन्डोलबाट सुरु भएर काठमाडौंको माइतीघर मण्डलासम्म पुगेको थियो।
र्यालीमा सहभागीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनी अधिकारहरूको पालन गर्दै सम्पत्ति हक सुनिश्चित गर्न माग गरे।
Visit homepage : eautonepal.com