काठमाडौँमा प्रदर्शन, १ सय १३ स्थानमा ट्राफिक रोक

काठमाडौँमा प्रदर्शन, १ सय १३ स्थानमा ट्राफिक रोक: आज काठमाडौँका ३ स्थानमा प्रदर्शन कार्यक्रम छन्।

नेकपा (एमाले) ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ। माइतीघर मण्डलामा सहकारी पीडित र दुर्गा प्रसाईँको नेतृत्वमा महाअभियानको कार्यक्रम छ।

कोटेश्वर र ललितपुरको बालकुमारीमा पनि कार्यक्रम भइरहेका छन्।

ट्राफिक व्यवस्थापनका लागि काठमाडौँका ११३ स्थानमा डाइभर्सन गरिएको छ। ६४४ जना ट्राफिक प्रहरी तैनाथ छन्।

दरबारमार्गमा सवारीलाई केशरमहल, महेन्द्र सालिक र जयनेपाल चोकबाट डाइभर्सन गरिएको छ।

माइतीघर र कोटेश्वरमा सवारी रोक्न कम गर्ने प्रयास गरिएको छ।

नेकपा (एमाले)को र्‍याली ११ बजे भद्रकालीबाट सुरु हुनेछ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *