काठमाडौँमा प्रदर्शन, १ सय १३ स्थानमा ट्राफिक रोक: आज काठमाडौँका ३ स्थानमा प्रदर्शन कार्यक्रम छन्।
नेकपा (एमाले) ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ। माइतीघर मण्डलामा सहकारी पीडित र दुर्गा प्रसाईँको नेतृत्वमा महाअभियानको कार्यक्रम छ।
कोटेश्वर र ललितपुरको बालकुमारीमा पनि कार्यक्रम भइरहेका छन्।
ट्राफिक व्यवस्थापनका लागि काठमाडौँका ११३ स्थानमा डाइभर्सन गरिएको छ। ६४४ जना ट्राफिक प्रहरी तैनाथ छन्।
दरबारमार्गमा सवारीलाई केशरमहल, महेन्द्र सालिक र जयनेपाल चोकबाट डाइभर्सन गरिएको छ।
माइतीघर र कोटेश्वरमा सवारी रोक्न कम गर्ने प्रयास गरिएको छ।
नेकपा (एमाले)को र्याली ११ बजे भद्रकालीबाट सुरु हुनेछ।
Visit homepage : eautonepal.com