चौकीडाँडा–माम्ती खण्डमा सवारीसाधन सञ्चालनमा रोक

चौकीडाँडा–माम्ती खण्डमा सवारीसाधन सञ्चालनमा रोक: बिपी राजमार्गको धुलिखेलदेखि वर्षे खोलासम्मको सडक खण्डमा अहिले मर्मत कार्य चलिरहेको छ।

चौकीडाँडा, नार्के बजार र कालढुंगा (भ्याकुरे खोला) देखि माम्ती खोलासम्म डाइभर्सन मर्मत कार्य भइरहेको छ।

यस कारण, राति ९ बजेपछि सवारीसाधन चलाउन रोक लगाइएको छ।

सडक विभाग, संघीय सडक सुपरीवेक्षण र अनुगमन कार्यालय, काठमाडौं सडक डिभिजन भक्तपुरले अर्को सूचना जारी नगरेसम्म सडक बन्द रहने जनाएको छ।

त्यसैले, राति ९ बजे देखि बिहान ४ बजेसम्म सवारीसाधन चलाउन पाइने छैन।

Visit homepage : eautonepal.com 

Leave a Reply

Your email address will not be published. Required fields are marked *