उदयपुरमा ट्याक्टर र मोटरसाइकल दुर्घटना: उदयपुरमा एक ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा बाबुको मृत्यु भएको छ। साथै, दुई जना छोरा घाइते भएका छन्।
यो दुर्घटना मदन भण्डारी राजमार्गको गाईघाट–बेल्टार खण्डमा भएको हो। त्रियुगा नगरपालिका–१३ असारीमा प्रदेश १–०५–००१ प ४२६ नम्बरको ट्याक्टर र विपरित दिशाबाट आउँदै गरेको स.१.त.५७४२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा ४५ वर्षका महादेव चौधरीको मृत्यु भएको छ।
महादेव चौधरीका १० वर्षीय छोरा कृष्ण चौधरी र १५ वर्षीय छोरा दिवाकर गम्भीर घाइते भएका छन्।
घाइते भएका छोरा दुईजनालाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि विराटनगर रिफर गरिएको छ।
प्रहरीले ट्याक्टर चालक ३२ वर्षका राजन बोटे र सहचालक २४ वर्षका अनिल सदालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।
Visit homepage : eautonepal.com