डडेल्धुरामा जिप दुर्घटना: डडेल्धुराको परशुराम नगरपालिकामा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दुर्घटनामा दुईजनाले घटनास्थलमै ज्यान गुमाएका छन्, र नौ जना घाइते भएका छन्।
दैजी–जोडबुडा सडकखण्डको परशुराम-९, नौला क्षेत्रमा बेलुकी लु १ ज ४५७९ नम्बरको जिप दुर्घटनामा परेको हो। मृतकहरूको पहिचान भने खुल्न सकेको छैन।
प्रहरीका अनुसार घाइतेहरूलाई स्थानीय जोडबुडा अस्पतालमा पठाइएको छ। जिप कञ्चनपुरको दैजीबाट जोडबुडा जाँदै गरेको थियो।
Visit homepage : eautonepal.com