जर्मनीको अनुदान विद्युत् विकासका लागि: जर्मनीले नेपाललाई एक करोड युरो (लगभग १ अर्ब ४६ करोड नेपाली रुपैयाँ) अनुदान सहायता दिने निर्णय गरेको छ।
अर्थ मन्त्रालयमा आज एक औपचारिक कार्यक्रममा जर्मनीका राजदूत डा. थोमस प्रिन्ज र अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माबीच सम्झौतामा हस्ताक्षर भए।
यो अनुदान रकम नेपाल विद्युत् प्राधिकरण मार्फत विद्युत् वितरण सुधार परियोजनामा प्रयोग हुनेछ।
परियोजनाले नेपालको विद्युत् वितरण प्रणालीलाई सुधार्दै वातावरणमैत्री प्रविधि प्रयोग गरेर भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
यस परियोजनामा भरतपुर, बुटवल–भैरहवा र पोखरा जस्ता क्षेत्रलाई प्राथमिकता दिइनेछ। यसले ऊर्जा दक्षता र विद्युत् आपूर्ति सुधार्न मद्दत गर्नेछ।
सन् २०२५ मा सुरु हुने यस परियोजनालाई नेपाल सरकारको वार्षिक बजेटमा समावेश गरिनेछ।
सम्झौतामा सहभागी भएका अधिकारीहरूले यस सहयोगले नेपालको ऊर्जा क्षेत्र सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
Visit homepage : eautonepal.com