कैलालीमा बस दुर्घटना

कैलालीमा बस दुर्घटना: कैलालीमा बस पल्टिँदा एक जनाको मृत्यु भएको छ। मृतकको नाम मोहन जप्रेल हो, र उनी बझाङको दुर्गाथली गाउँपालिका-५, भलान्याका निवासी हुन्।

सोमबार राति गोदावरीबाट धनगढीतर्फ आइरहेको सु.प.प्र ०१–००१ ख ३२२८ नम्बरको बस दुर्घटनामा परेको हो।

बसको चालक जप्रेल नै थिए। गोदावरी नगरपालिका-४, वनदेवी क्षेत्रमा बस अनियन्त्रित भएर पल्टेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक जप्रेल घाइते भएका थिए, र उपचारका लागि उनलाई सेती प्रादेशिक अस्पताल, धनगढी ल्याइएको थियो, जहाँ उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *