हङकङमा हेडक्वाटर रहेको सो कम्पनीमा ग्रुप रेनो, जियाङलिङ मोटर्स कर्पोरेसन ग्रुप र क्वुनचुङ होल्डिङ्सको सेयर रहेको छ ।
सन् २०१५ मा क्वुनचुङ होल्डिङ्सको सहायक कम्पनीको रुपमा यसको स्थापना भएको हो । इलेक्ट्रिक कार उत्पादनमै केन्द्रित रहेर कम्पनीले विभिन्न कार्य गरिरहेको छ ।
जेएमईभीको जीएसई इलाईट ईभी राइड कम्पनीले राइड ह्यान्ड ड्राइभमा उपलब्ध गराएको फोर डोर फाइभ सिट सेडान हो ।
यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४६७५, १८३५ र १४८० एमएम छ । यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ ।
यो गाडीमा ४९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसले सिंगल चार्जमा ४२० किलोमिटर (एनईडीसी) रेन्ज दिन्छ ।
सीसीएस–२ चार्जिङ पोर्ट सपोर्ट गर्ने यो गाडीलाई ३० मिनेटमा फास्ट चार्जरमार्फत ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
जेएमईभीका हाल इलाईट, ईभी२ र ईभी३ ईभी उपलब्ध भएको वेबसाइटमा उल्लेख छ ।
जगदम्बा मोटर्सले ल्याउने जेएमईभीको जीएसई इलाईट ईभीमा ९९ किलोवाटको मोटर हुनेछ । यसको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ हुनेछ ।
त्यस मध्ये इलाईटको राइड ह्यान्ड भर्सनलाई नेपालमा जगदम्बा मोटर्सले नेपाल भित्र्याउने भएको हो । छिट्टै नै यसको औपचारिक जानकारी सार्वजनिक गरिने कम्पनीको भनाइ छ ।