“बीवाईडी ड्राइभ टु डिस्कभर“ द्धारा स्पोर्टी इलेक्ट्रिक एसयूवी प्रस्तुत

“बीवाईडी ड्राइभ टु डिस्कभर“ द्धारा स्पोर्टी इलेक्ट्रिक एसयूवी प्रस्तुत: नेपालको दिगो यातायाततर्फको यात्रामा एक महत्वपूर्ण कदम चाल्दै, बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साईमेक्सइन्कले हालै लन्च भएको बीवाईडी एट्टो ३ २०२४ भर्सनका लागि विशेष मिडिया टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ।

“बीवाईडी ड्राइभ टु डिस्कभर“ नाम दिइएको यस कार्यक्रमले मिडिया प्रतिनिधिहरूलाई नेपालको विभिन्न भूभागमा ड्राइभ गर्दै नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूवीको विशेष क्षमता अनुभव गराएको छ।

काठमाडौँको नक्सालस्थित बीवाईडी शोरूममा आयोजना गरिएको यस कार्यक्रममा मिडिया प्रतिनिधि र अटोमोबाइल प्रेमीहरूको उत्साही सहभागिता देखियो।

सहभागीहरूले बीवाईडी एट्टो ३ २०२४ को पर्फर्मेन्स, आरामदायी यात्रा, र नयाँ प्रविधिलाई प्रत्यक्ष अनुभव गर्ने मौका पाउनु भयो।

कार्यक्रममा अटोमोबाइल मिडियाका प्रतिष्ठित व्यक्तित्वहरूको पनि सहभागीता थियो, जसले काठमाडौँका ब्यस्त सडकदेखि शिवपुरी भिलेज रिसोर्टको सुन्दर र शान्त ठाउँसम्मको यात्रा पूरा गर्नु भयो।

बीवाईडी ड्राइभ टु डिस्कभरको रुट, गाडीको बहुउपयोगी क्षमताहरू देखाउन डिजाइन गरिएको थियो, जसमा सहरका सडक, उकालो, र अफ-रोड बाटाहरू समावेश थिए।

यात्रा बीवाईडी शोरूमबाट सुरू भएर भाटभटेनी, गैरीधारा, उत्तरढोका, लाजिम्पाट, महाराजगन्ज, हात्तीगौँडा, टोखा रोड, र शिवपुरी हाइवे हुँदै सुन्दर शिवपुरी संरक्षण क्षेत्रबाट शिवपुरी भिलेज रिसोर्टसम्म पुगेको थियो।

शहरको बाटो, उकालो, र दुर्गम भूभागको यो मिश्रणले मिडिया प्रतिनिधिहरूलाई बीवाईडी एट्टो ३ को अत्याधुनिक ड्राइभिङ फिचरहरू र मजबुत निर्माणको परीक्षण गर्न मौका दिएको छ।

बीवाईडी एट्टो ३ को मुख्य विशेषता दिगो र नयाँ प्रविधिमा आधारित इन्जिनियरिङ हो।

यो एसयूवीमा बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले ब्याट्रीको सुरक्षा, आयु र प्रदर्शनलाई सुधार गर्छ।

बीवाईडीको डिजाइन दर्शन अनुसार, एट्टो ३ २०२४ संस्करणमा आधुनिक र आकर्षक देखिने ड्रागन फेस ३.० बाहिरी डिजाइनमा समावेश छ।

गाडीभित्र ड्राइभर र यात्रुको अनुभवलाई अझ राम्रो बनाउनको लागि आरामदायी र स्टाइलिश इन्टेरियर प्रदान गरिएको छ।

यो मोडेलले नेपालको ईभी प्रविधिमा नयाँ मानक भई देशको विभिन्न सडक अवस्था र साहसिक भावना पूरा गर्न सक्षम भएको छ।

“बीवाईडी एट्टो ३ २०२४ ले केवल बीवाईडीको नवीनताप्रतिको प्रतिबद्धता मात्र होइन, नेपालको हाम्रा ग्राहकहरूका लागि ईभी अनुभव सुधार गर्ने हाम्रो प्रतिबद्धता पनि झल्काउँछ।

बीवाईडी एट्टो ३ को उत्कृष्ट सुरक्षा, प्रदर्शन, र वातावरणमैत्री दक्षताले यसलाई ईभी बजारको अगुवा र हरित नेपालको हाम्रो दृष्टिको महत्वपूर्ण हिस्सा बनाएको छ,“ साईमेक्सइन्कका नेशनल सेल्स हेड अशुतोष गौतमले टिप्पणी दिनु भयो।

कार्यक्रमले नेपालको ईभी पूर्वाधारलाई सुदृढ गर्न साईमेक्सइन्कले गरिरहेका प्रयासहरूलाई पनि उजागर ग¥यो।

यो पहलको हिस्साकोरूपमा, साईमेक्सइन्कले ४३ भन्दा बढी फास्ट चार्जिङ नेटवर्क स्थापना गरिसकेको छ र चाँडै नै देशभर १०० भन्दा बढी चार्जिङ स्टेशन पु¥याउनेछ, जसले ग्राहकहरूलाई भरपर्दो र सहज चार्जिङ विकल्पहरू उपलब्ध गराउनेछ।

बीवाईडी एट्टो ३ २०२४ को सुरुवातसँगै, बीवाईडी र साईमेक्सइन्कले नेपालमा दिगो अटोमोबाइल क्षेत्रतर्फको परिवर्तनलाई अघि बढाइरहेका छन्।

यी गाडीहरूले नेपालको हरित यातायात लक्ष्य पूरा गर्न र वातावरणप्रेमी ग्राहकहरूको बढ्दो अपेक्षा पूरा गर्न सहयोग पु¥याउने छ।

“बीवाईडी ड्राइभ टु डिस्कभर“ टेस्ट ड्राइभ कार्यक्रमले नेपाललाई सफा र नयाँ प्रविधिसहितको भविष्यको खोजी गर्न आमन्त्रण गरेको छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *