ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु: भक्तपुरमा ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ र पाँच जना घाइते भएका छन्।

चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको ट्र्याक्टर अनियन्त्रण भएर सडकबाट पल्टिँदा ट्र्याक्टरमा सवार ४५ वर्षीय हरिगोविन्द सुवालको उपचारका क्रममा मृत्यु भएको हो।

घटनामा अन्य चार जना, ३५ वर्षीया राधिका अवाल, ६० वर्षीय गोपाल कोजु, ४४ वर्षीय राधेश्याम सितिखु र ७४ वर्षीय पूर्णकेसी शिल्पकारलाई सामान्य चोट लागेर अस्पतालबाट डिस्चार्ज गरिएको छ।

ट्र्याक्टरको चालक ४८ वर्षीय गणेश सुवाल घाइते भएका छन् र उनको उपचार भक्तपुर अस्पतालमा भइरहेको छ। प्रहरीले घटनाको अनुसन्धान गर्दैछ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *