कारले अटोरिक्सालाई ठक्कर दिँदा ७ जनाको मृत्यु

कारले अटोरिक्सालाई ठक्कर दिँदा ७ जनाको मृत्यु: उत्तर प्रदेशको बिजनौरमा शनिबार बिहान भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ। कार र अटोरिक्साले आपसमा ठक्कर खाएको हो।

प्रहरीका अनुसार, क्रेटा कारले अर्को गाडीलाई ओभरटेक गर्दा अटोलाई ठक्कर दिएको हो। घटनामा मरेका सात जना अटोमा सवार थिए र उनीहरू मुरादाबाद रेलवे स्टेशनबाट फर्किंदै थिए।

घटनास्थलमा छ जनाको मृत्यु भएको थियो, र अटो चालकको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीले कार चालकको बिरुद्ध मुद्दा दर्ता गरेको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *