महानगरले चलायो गौशालामा डोजर: राजधानीको चक्रपथ क्षेत्र अन्तर्गत गौशालामा रहेको अनधिकृत संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।
शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा तथा फुटपाथ अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन डोजरसहित गौशाला पुगेको थियो ।
सो क्रममा स्थानीय र महानगर प्रहरीबिच केहीबेर तनावको अवस्था समेत भएको थियो ।
स्थानीयको विरोधका बिच महानगरले संरचनामा डोजर चलाएको छ ।
Visit homepage : eautonepal.com