सिमरा र जनकपुरका उडान स्थगित: सिमरा र जनकपुर विमानस्थलमा पर्याप्त भिजिबिलिटी नभएका कारण शुक्रबारका सबै उडान प्रभावित बनेका छन् ।
यसले गर्दा शुक्रबार साँझ करिब ५ बजेसम्म यी दुई विमास्थलमा एउटा पनि उडान हुन सकेको छैन ।
भिजिबिलिटी नभएका कारण शुक्रबार बिहान समेत जनकपुर र सिमराका साथै भैरहवा, धनगढी, तुम्लिङटार र भरतपुरमा उडान हुन सकेको थिएन ।
१२ बजेपछि अन्य विमानस्थलमा उडान, अवतरण सुरु भए पनि जनकपुर र सिमरामा भने उडान हुन नसकेको विमानस्थल स्रोतले जनाएको छ ।
Visit homepage : eautonepal.com