सीएटीएलले अमेरिकामै ब्याट्री प्लान्ट खोल्ने

सीएटीएलले अमेरिकामै ब्याट्री प्लान्ट खोल्ने: विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी ब्याट्री उत्पादक कम्पनी सीएटीएल अमेरिकामै ब्याट्री उत्पादन प्लान्ट स्थापना गर्न तयार रहेको बताएको छ।

तर यसका लागि हालै राष्ट्रपतिमा निर्वाचिन डोनाल्ड ट्रम्पले मार्गप्रशस्त गरेमा त्यो सम्भव भएको सीएटीएलका अध्यक्षले बताएका छन्।

ट्रम्पको पहिलो कार्यकालमा भने अमेरिका र चीनबीच ब्यापार युद्ध नै चलेको थियो।

अहिले अवस्था बदलिएकाले नयाँ सिराबाट सम्बन्ध अघि बढ्ने र त्यस्तो भएमा सीएटीएल अमेरिकामा स्थानीय रुपमै ब्याट्री उत्पादन गर्न राजी देखिएको छ।

एक दशकयतादेखि नै कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड (सीएटीएल) विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारीको ब्याट्री उत्पादकका रुपमा रहँदै आएको छ।

विभिन्न क्षमता र केमेस्ट्रीमा ब्याट्री बनाउन अब्बल सीएटीएल पछिल्लो पटक नयाँ प्रविधिको सोलिड स्टेट ब्याट्रीको विकासमा पनि लागि गरेको छ।

यसका साथै सीएटीएलले निश्चित सवारी उत्पादकका लागि फास्ट चार्जिङ एलएफपी सेल समेत बनाइरहेको छ।

केही वर्षयता सीएटीएल शून्य प्रदूषण एभिएसन ब्याट्री प्रविधिको विकासमा समेत लागिपरेको छ।

विश्वको विद्युतीय ब्याट्री बजारमा ३५ प्रतिशत हिस्सा ओगटेको सीएटीलको हालसम्म चीनमा मात्र उत्पादन प्लान्ट रहेको छ।

सीएटीएलले केही समयअघि चीन बाहिर ६ वटा नयाँ प्लान्ट बनाउने योजना सार्वजनिक गरेको थियो।

जर्मनी, थाइल्यान्ड, हंगेरी, इन्डोनेसिया र अमेरिकामा २ वटा ब्याट्री प्लान्ट बनाउने योजनामा पछिल्लो दुई वटा प्लान्टका लागि अनुमति लिने प्रक्रियामा रहेको इलेक्ट्रिक डटकोले लेखेको छ।

गएको मेमा सीएटीएलले स्टेलेन्टिससँगको संयुक्त उपक्रममा स्पेन र मोरक्कोमा क्याथोड उत्खनन प्लान्ट खोल्ने बताएको थियो।

युरोपसहित अमेरिका प्रवेश गर्ने गहिरो चाहना सीएटीएलको छ। बाइडेन प्रशासनले सहजीकरण नगरेपछि ट्रम्प प्रशासन केही लचक हुने अपेक्षा सीएटीएलले गरेको छ।

२०२५ बाट ट्रम्पले अमेरिकाको राष्ट्रपति पद सम्हालेसँगै सीएटीएलका लागि अमेरिकामा ब्याट्री उत्पादनको ढोका खुल्ने विश्वास सीएटीएलका अध्यक्षले गरेका छन्।

ट्रम्प निर्वाचित भएपछि चिनियाँ कम्पनीहरुले आफ्नो अमेरिकी व्यापावर केही बढ्ने आशा व्यक्त गरेका छन्।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *