सामान बोक्ने मोटरसाइकलले बढाउँदै दुर्घटना

सामान बोक्ने मोटरसाइकलले बढाउँदै दुर्घटना: काठमाडौं उपत्यका लगायत देशभरका मुख्य शहरहरुमा आफ्नो सुविधाका लागि मोटरसाइकल चलाउने गरिन्छ ।

कार्यालय, घुमफिर लगायत आवश्यक काममा सार्वजनिक बसमा भन्दा आफ्नै सवारीसाधन भएको खण्डमा छिटो छरितो हुने भएकाले पनि मोटरसाइकलको प्रयोग बढी हुन्छ ।

मुख्य सडकमा सार्वजनिक यातायातहरु प्रशस्त भेटिए पनि आफूले भनेको ठाउँमा पुग्नका लागि मोटरसाइकल सहज सवारीसाधन हो ।

त्यसैले पनि मोटरसाइकल चलाउनेहरुको बाहुल्यता बढी हुन्छ । मानिसहरु आवतजावतका लागि मोटरसाइकल चलाउनु त समयको वचतका हिसावले पनि राम्रो नै हो ।

सार्वजनिक सवारीसाधनबाट झरेर १० मिनेट हिँड्नुपर्ने ठाउँमा मोटरसाइकल भएको खण्डमा दुई मिनेटमै गन्तव्यस्थल पुगिन्छ ।

तर मानिसहरु चढ्ने बाहेक मोटरसाइकलमा  सामान लोड गरेर यात्रा गर्दा दुर्घटना बढाइरहेको छ ।

थोरै सामान लोड गरेर लैजान कुनै कठिनाइ हुँदैन । तर मोटरसाइकल, साइकलमा धान्ने भन्दा बढी सामानहरु लोड गर्दा हुने दुर्घटनाहरु बढिरहेका छन् ।

एक त मोटरसाइकलमा सानो रिक्सामा अट्ने भन्दा बढी सामानहरु लोड गरिएको हुन्छ ।

त्यसले स्वयं चालकलाई त अफ्ठ्यारो पार्छ नै साथमा सँगै यात्रा गरिरहेका अन्य सवारीसाधनहरु पनि समस्यामा पर्छन् ।

किनभने लोड गरिएका अत्याधिक सामानहरुले सडक बढी ढाकिरहेको हुन्छ । जसले अरुलाई असहज बनाइदिन्छ र कतिपय ठाउँमा दुर्घटना हुन्छ ।

सवारी तथा यातायात व्यवस्था नियमावलीकाअनुसार मोटरसाइकल/साइकलले सामानहरु ओसारपसरा गर्न मिल्दैन । 

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *