दक्षिणी बेरुतमा इजरायलको हवाई आक्रमण

दक्षिणी बेरुतमा इजरायलको हवाई आक्रमण: इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा रहेका हिजबुल्लाहको गढका रूपमा मानिएका केही भाग खाली गर्न दिएको निर्देशनपछि बिहीबार उक्त क्षेत्रमा हवाई आक्रमण गरेको छ।

एएफपिटिभीले आक्रमणस्थलको तस्बिरसहित इजरायली आक्रमण र ध्वस्त संरचनालाई टेलिभिजनबाट प्रसारण गरेको छ।

सेप्टेम्बरमा इजरायलले इरान समर्थित जिहादी समूह हिजबुल्लाहविरुद्ध आफ्नो अभियान तीव्र बनाएसँगै पछिल्लो आक्रमणपछि यस क्षेत्रमा धेरै क्षति पुगेको छ।

आक्रमण हुनुभन्दा केही समयअघि इजरायलले उक्त क्षेत्रका बासिन्दाहरूलाई आफ्नो घर तथा बासस्थान खाली गर्न चेतावनी दिएको थियो।

सेनाका प्रवक्ता अबिचाय अद्राईले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘तपाईंहरू हिजबुल्लाहको प्रभाव क्षेत्रनजिकै अवस्थित हुनुहुन्छ भने सावधानी अपनाउनुहोला।

इजरायली सेनाले निकट भविष्यमा उक्त क्षेत्रमा आक्रमण गर्दै छ।’

विज्ञप्तिमा साैइफत अल–ओमरोसिया र घोबिरी क्षेत्रका भवनहरू पहिचान गर्ने नक्सासमेत समावेश गरिएको थियो।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *