बन्द भयो विस्तारा एयर: विस्तारा एयरको सेवा पूर्णरुपमा बन्द भएको छ । यसको कमाण्ड आजदेखि भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाले सम्हालेको छ ।
करिब नौ वर्षअघि टाटा ग्रुप र सिंगापुर एयरलाइन्सको ज्वाइन्ट भेन्चरबाट विस्तारा एयरको सेवा सुरु भएको थियो ।
जनवरी २०१५ मा पहिलो उडान सुरु गरेको विस्तारा एयरले आफ्नो अन्तिम उडान ११ नोभेम्बर २०२४ मा गर्यो । आज १२ नोभेम्बरबाट यसको सञ्चालन एयर इण्डियाबाट हुने छ ।
सन् २०२२ को २९ नोभेम्बरको दिन एयर इण्डिया र विस्तारा एयरबीच मर्जर सम्झौता भएको थियो ।
सम्झौता अनुसार एयर इण्डियामा सिंगापुर एयरलाइन्सको हिस्सेदारी २५.१ प्रतिशत र टाटा ग्रुपको ७४.९ प्रतिशत कायम भएको छ ।
एयर इण्डिया निजीकरण भए पनि यसले भारतको राष्ट्रिय ध्वजाबाहकको मान्यता भने पाएको छ ।
Visit homepage : eautonepal.com