इजरायलको क्षेप्यास्त्र हमला

इजरायलको क्षेप्यास्त्र हमला: इजरायलले इरानका विभिन्न सैन्य आधारमा हवाई आक्रमण गरेको छ । इजरायली सेनाले शनिबार इरानको मिसाइल उत्पादन केन्द्रलगायत विभिन्न क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको हो ।

राजधानी तेहरान र देशका अन्य सैन्य आधारमा भागमा इजरायली आक्रमण भएको इरानले पुष्टि गरेको छ । हमलामा दुई इरानी सैनिक मारिएका छन् ।

इजरायलले इरानमा गरेको हमलाको बदलामा हेजबुल्लाह समूहले इजरायली सैन्य आधारहरूमा रकेट र ड्रोन हमला गरेको छ ।

इरानले आफूसँग ‘प्रतिरक्षाको अधिकार रहेको उल्लेख गर्दै इजारयलमाथि जवाफी हमला गर्ने संकेत गरेको छ ।

इजरायलले आफूमाथि भएको क्षेप्यास्त्र आक्रमणको बदला  दिने वाचा गरेको थियो ।

दमास्कसस्थित इरानको कन्सुलर एनेक्समा भएको घातक आक्रमणको बदलामा इरानले अप्रिलमा इजरायली क्षेत्रमा पहिलोपटक प्रत्यक्ष आक्रमण सुरु गरेको थियो ।

‘इजरायली सुरक्षा बल (आइएएफ)को विमानले इरानको क्षेप्यास्त्र उत्पादन गर्न प्रयोग गरिने क्षेप्यास्त्र उत्पादन केन्द्रहरूमा प्रहार गरेको छ,’ इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘आइडिएफले अतिरिक्त इरानी हवाई आधार र निसानाहरूमा  प्रहार गरेको छ ।’

इरानबाट भइरहेको महिनौँको निरन्तर आक्रमणको प्रतिकारस्वरूप इरानी सैन्य लक्ष्यहरूमा सटिक आक्रमण गरिरहेको इजरायली सेनाले बताएको छ ।

तीन साताअघि इरानले इजरायलमा करिब दुई सयवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

तर, ती क्षेप्यास्त्रलाई इजरायलले मध्य आकाशमा नै निस्तेज बनाइदिएको दाबी गरेको थियो ।

शनिबारको आक्रमणपछि इरानले केही घण्टा सबै उडान स्थगित गरेको थियो ।

सन् २०२३ को अक्टोबर ७ मा आफ्नो इतिहासको सबैभन्दा घातक आक्रमणपछि इजरायलले गाजामा हमाससँग लडिरहेको छ ।

गत महिनाको अन्त्यदेखि इजरायल लेबनानमा हेजबुल्लाहसँगको युद्धमा छ ।

पछिल्लो समय इजरायालले लेबनानका विभिन्न स्थानमा हमला गर्दै आएको छ ।

इजरायली सेनाले लेबनानका निश्चित क्षेत्रमा स्थल हमला पनि गरेको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *