भारतीय उडानमा बम विस्फोटको धम्की

भारतीय उडानमा बम विस्फोटको धम्की : भारतीय विमान कम्पनीहरूका २० भन्दा बढी उडानमा बम विस्फोटनको धम्की आएको बिहीवार बताइएको छ । यसमा एअर इण्डिया, भिस्टारा र इन्डिगोका २० उडानहरूलाई लक्षित गरिएको जनाइएको छ ।

पछिल्लो ११ दिनमा भारतीय एयरलाइन्स कम्पनीका करीब २५० उडानलाई बम विस्फोटनको धम्की दिइएको अकासा एयरका प्रवक्तालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् ।

अकासा एयरले हालसम्म १४ उडानका क्रममा यस्ता धम्कीको सामना गरेको जनाएको छ।

२४ अक्टोबर (आज)का लागि निर्धारित केही उडानहरूलाई सुरक्षा सचेत गराइएको छ।

अकासा एयरका प्रवक्ताले स्थानीय प्राधिकरणसँग समन्वयमा सुरक्षाको उपाय अपनाइएकाे बताएका छन् ।

साताको शुरूमा नागरिक उड्डयन मन्त्री के राममोहन नायडुले सरकारले एयरलाइन्सविरुद्धको बम विस्फोटनको धम्कीको सामना गर्न कानूनी उपायहरू अपनाउने योजना बनाएको बताएका थिए ।

उनले यस्ता धम्की दिने व्यक्तिहरूलाई उडान गर्न नदिइने सूचीमा राखिने बताएका थिए ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *